Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाको प्रश्न - सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ ?

धुलिखेल । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको दाबी गरेका छन् ।

बुधबार बीपी स्टडी युथ सर्कलले धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले सभापति र महामन्त्रीहरू दुई ध्रुवमा बाँडिएकाले पार्टी सञ्चालनमा समस्या भएको बताए।

नेता कोइरालाले भने,‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ । अनि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौं कहिले ?’

पार्टीको बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आएको नेता कोइरालाको भनाई छ ।

सभापतीय प्रणाली हो भने त्यही हिसाबले हिँड्नु पर्ने र नभए कुनै उपाय खोज्नुपर्ने उनको भनाइ छ। उनले पार्टी सञ्चालनका लागि गम्भरी भएर सोच्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077