Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपती पुटिनबीच भेटवार्ता

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । पुटिनलाई भेट्न उत्तर कोरियाली नेता किम विशेष रेल चढेर रुस पुगेका हुन् ।

सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले भेटवार्ता गरेका छन् ।

पुटिनले उनलाई अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको तस्वीरमा देख्न सकिन्छ ।

आफ्नो भूउपग्रह निर्माणमा लागेको उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका थिए ।

आफ्ना देशका वरिष्ठ अधिकारीहरुसहित भेटवार्तामा बसेका दुई नेताले एक अर्काले गरिरहेका काम कारबाहीको समर्थन गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077