Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाले तोक्यो मधेश प्रदेशमा विभागीय जिम्मेवारी, कसले के पाए ?

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ ।

समितिको बैठकले सङ्गठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्र कुमार यादव, अनुगमन तथा मूल्याङ्कन समितिको प्रमुखमा रामसेवक यादव, प्रदेश मामिला तथा स्थानीय तह परिचालन विभाग प्रमखमा शैलेश कुमार साह, महिला विभाग प्रमुखमा निराकुमारी साह, दलित फाँट इन्चार्जमा पुनित राम र आर्थिक विभाग प्रमुखमा रेणु यादवलाई चयन गरेको छ ।

त्यस्तै, कार्यालय व्यवस्थापन समिति प्रमुखमा दिनेश कुमार यादव र कार्यालय सचिवमा जितेन्द्र कुमार यादवलाई चयन गरिएको छ । कृषि तथा सहकारी विभाग प्रमुख अरुणकुमार देव, शिक्षा विभागको प्रमुखमा बृजमोहन तिवारी, ट्रेड युनियन विभाग प्रमुख महाराज यादव रहेका छन् ।

बैठकले युसुफ अलि संयोजक रहेको संगठन विस्तार अभियान कार्यक्रमको सचिवालय समेत गठन गरेको छ । सचिवालयमा राम नरेश यादव, रामप्रकाश महतो, विनोद कुमार यादव र जितेन्द्र कुमार यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077