Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाकाली नदीमा हाम फालेका ज्ञानीराम बेपत्ता

दार्चुला । महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् ।

दार्चुलाको खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट आज महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका हुन् ।

महाकाली नगरपालिका१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ ।

खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो ।

एसएसबीले फर्काएपछि भुलले महाकालीमा हाम फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077