Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • रवि लामिछानेले भने – चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा

    रवि लामिछानेले भने – चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् ।

    बिहीबार सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे ।



    लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको भन्दै उनले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गरे ।

    सभापति लामिछानेले डाक्टरमाथिको कुटपिटको घटनाबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    हेटौंडा–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै बुधबार चिकित्सकमाथि कुटपिट भएको थियो ।

    हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गर्नेलाई बिहीबार पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार