Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चिकित्सकमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलनमा उत्रिने संघको चेतावनी

    चिकित्सकमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलनमा उत्रिने संघको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 951
    SHARES

    काठमाडौं । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ ।

    संघले चिकित्सकमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएको हो । गत भदौ २७ गते हेटौडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको संघको आरोप छ ।



    संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।



    ज्ञापनपत्रमा भनिएको छ,‘७२ घण्टाभित्र उक्त घटनामा सलग्न दोषीलाई कानूनी कारबाही नगरिएको अवस्थामा संघले देशभर आकस्मिक सेवा बाहेकका अन्यू सम्पूर्ण सेवा बन्द गरेर आफ्नै ज्यानको सुरक्षामा खटिन बाध्य हुनेछौं । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वय हुनेछ ।’

    ७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघको चेतावनी छ । प्रेस विज्ञप्तिमा थापा र विडारीमाथि आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

    साउन २२ गते हेटौँडा पदमखोपरीका ४१ वर्षीय राजेश प्रधानको डेंगु परीक्षण गर्दा उनलाई पोजेटिभ देखिएपछि डाक्टरले उनलाई आराम गर्न घर पठाएका थिए । स्वास्थ्य बिग्रिएपछि प्रधान सोही अस्पतालमा पुनः भर्ना भएका थिए ।

    त्यसलगत्तै प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको थियो । भरतपुर अस्पताल पुर्याइएको दुई दिनपछि भदौ २५ गते प्रधानको मृत्यु भएको थियो । उनको मृत्युपछि उपचारमा लापरबाही भएको भन्दै एक समूहले थापा र बिडारीमाथि कुटपिट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार