Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने चिकित्सकहरूको अडान

    दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने चिकित्सकहरूको अडान

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आन्दोलनरत चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

    मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले आज पनि माइतीघर मण्डलामा बिरोध प्रदर्शन जारी राखेका हुन् ।



    उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् । आन्दोलनरत चिकित्सकहरुले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे ।



    सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्। दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने उनीहरुको भनाई छ ।

    ‘असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?’, ‘कामेको हातले उपचार सम्भव छैन’ लगायतका नारासहित आन्दोलित चिकित्सकहरुले प्लेकार्डसमेत प्रदर्शन गर्दै नाराबाजी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार