Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

    सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल जारी छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो ।



    चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारले वार्तामा बोलाएको थियो ।



    अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटाको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव रहेका छन् ।

    भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

    नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दवाव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार