Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • देशभरका अस्पतालमा आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको निर्णय

    देशभरका अस्पतालमा आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    दुई चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई अझै कारबाही नगरिएको भन्दै संघले शनिबार विज्ञप्तिमार्फत सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।



    मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले जनाइएको छ ।



    यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले उल्लेख गरेको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार