Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड माग्ने थापामाथि छानबिन भइरहेको छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पूर्वसांसद ढाकाकुमार श्रेष्ठले नाम लिएका केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्वसांसद श्रेष्ठसँग पैसा मागेको आरोप लागेका थापामाथि छानबिन भइरहेको बताएका हुन् । उनले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताए ।

प्रमुख सचेतक परियारले भने, ‘हामी त्यसको पनि छानबिन गरिरहेका छौँ । जसरी उहाँले गरेका कुरा प्रमाणित भएर उहाँलाई पार्टीले जसरी कारबाही गर्‍यो । त्यसैगरी उहाँले अहिले बोलेका कुराहरू सत्यतथ्य प्रमाणित भयो भने त्यहाँ पनि कारबाही हुन्छ । हामी छानबिन गर्दैछौँ त्यो टुंग्याउँछौँ । चाँडै नै हुन्छ।’

उनले छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने बताए । रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो ।

श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए ।बुधबार रास्वपाले पार्टी नेता थापामाथि ढाकाकुमारले लगाएको आरोपप्रति आपत्ति जनाएको थियो ।

पार्टी महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पु¥याउने कलुषित मनसायले जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077