Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामकुमारी झाँक्रीले पाइन् पार्टीमा जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले रामकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा दिएको छ ।

पार्टीले जिम्मेवारी नतोकेको भन्दै असन्तुष्ट रहँदै आएकी झाँक्रीलाई प्रवास विशेष प्रदेशको जिम्मेवारी दिइएको हो ।

पार्टी सचिवको भूमिका रहेकी उनलाई एकीकृत समाजवादीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ। यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया र अफ्रिका इञ्चार्ज तोकिएको छ ।

भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौं बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५ औं र ६६ औं बैठकले गरेका विभिन्न निर्णयहरू सर्कुलर गर्दै एकीकृत समाजवादीले कार्यविभाजनबारे जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077