Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डाक्टरमाथि कुटपिट गर्ने चारजना पक्राउ, अन्यको खोजी कार्य जारी

मकवानपुर । हेटौँडामा दुई जना डाक्टरमाथि कुटपिट गर्नेमध्ये चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुप रहेका छन् ।

झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही भएको भन्दै उनका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए ।

अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानको केही दिनपछि चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उनको उपचारका क्रममा ज्यान गएको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि हिजो बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077