Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घुसहित सहायक वन अधिकृत रंगेहात पक्राउ

डोटी । डोटीको जोरायल गाउँपालिका २ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी घुससहित पक्राउ परेका छन् ।

निजी आवादी जमिनबाट संकलित दाउराको छुट पुर्जी बनाउँदा स्थानीय व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिँदै गर्दा स्थानीय बासिन्दाले उनलाई रङ्गेहात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् ।

दाउरा व्यवसायी भण्डारीका अनुसार स्थानीय जयानन्द ओझाको लालपूर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी संकलित दाउराको निकासीका लागि पटक पटक छुटपुर्जी माग गर्दा दाउराको प्रति के.जी.का हिसाबले रकम माग गरेपछि रु १० हजार यस अगावै लिइसकेको बताइएको छ ।

त्यति गर्दा पनि सबै कर्मचारीलाई मिलाउनुपर्छ भन्दै फेरि रकम माग गरेपछि आज ५ हजार लिने क्रममा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको भण्डारीले बताए।

गिरीलाई अहिले विस्तृत अनुसन्धानका लागि सोधपुछ गर्ने काम भइरहेको र वास्तविकता बारे केहि समयपछि मात्रै जानकारी गराउन सकिने इप्रका बुडरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077