Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगरका विद्यालयमा क्रिकेट नेट र प्रशिक्षकको व्यवस्था गर्छौं : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने बताएका छन् ।

महानगरका मेयर बालेन र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।

महानगरले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए ।

कुशल प्रशिक्षकहरुको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए ।

जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने मेयर बालेनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077