Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • एसिया कप : बङ्गलादेशले भारतलाई दियो २६६ रनको लक्ष्य

    एसिया कप : बङ्गलादेशले भारतलाई दियो २६६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई २ सय ६६ रनको लक्ष्य दिएको छ ।

    कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनायो । बङ्गलादेशका लागि कप्तान शाकिब अल हसनले सर्वाधिक ८० रन बनाए ।



    तोहिद हृदोयले ५४ र नसुन अहमदले ४४ रन बनाए । बलिङतर्फ भारतका शार्दुल ठाकुरले ३ र मोहम्मद शमीले २ विकेट लिए ।



    यो ‘सुपर फोर’ को अन्तिम खेल हो । एसिया कपको फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टोलीको टुङ्गो लागिसकेका कारण यो खेल धेरै महत्त्वको छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार