Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्लभ कछुवा ३५ लाखमा बेच्न खोज्ने ६ जना टोखाबाट पक्राउ

काठमाडौं । काठमाडौंमा सुनौलो रंगको दुर्लभ कछुवा बेच्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट ३५ लाख रुपैयाँमा कारोबार गर्न लागेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रेका जयराम घिमिरे, रहर तामाङ, उदयपुरका राजकुमार राई, काभ्रेका सुदर्शन राई, नारायण थामी र रुपक बस्नेत छन् ।

अवैध रूपमा कछुवाको कारोबार भइरहेको भन्ने सूचना पाएपछि बिहीबार प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अमरबहादुर थापाको कमान्डमा टोली खटिएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले उक्त कछुवा ३५ लाखमा कारोबार गर्न लागेको खुलेको काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । पक्राउ परेका ६ जनालाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077