Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा थापा हाजिर

अछाम । चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुबहादुर थापा हाजिर भएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनबहादुर थापाले कार्यभार सम्हाल्दै आएकोमा शुक्रबार विष्णुबहादुर हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुरलाई गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँद, उपाध्यक्ष सरदेबी खड्का र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार यही भदौ ५ गते ८० जना नयाँ शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077