Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गैरीगाउँमा हत्या गरिएका चार जनाको सनाखत, एकजना पक्राउ

    गैरीगाउँमा हत्या गरिएका चार जनाको सनाखत, एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ ।

    दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    घटना गएराति ११ः५५ बजे घटेको बताइएको छ । धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

    शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार