Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • छुरा प्रहारबाट रौतहटमा युवकको हत्या, काका-भतिज पक्राउ

    छुरा प्रहारबाट रौतहटमा युवकको हत्या, काका-भतिज पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.1K
    SHARES

    रौतहट । रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका– ५ मा शुक्रबार राति २५ वर्षीय सनीलराय यादवको छुरा प्रहारबाट मृत्यु भएको हो ।

    कटहरियास्थित खानेपानी कार्यालय छेउमा यादवका दाजुभाइ र अर्को पक्षबीच भनाभनपछि हात हालाहाल भएको थियो । झडपका क्रममा यादवको देब्रे कोखामा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।



    घाइते अवस्थामा भुईंमा लडेर अचेत भएपछि स्थानीयले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेका थिए । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया– ५ का बद्री साह सोनार र उनका काका किसन साहलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार