Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाइजरमा फ्रान्सेली राजदूत र कूटनीतिज्ञ बन्धक

एजेन्सी । नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् ।

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ।

विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतसहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन्। फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताएका छन्।

सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो। राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा खारेज गर्दै उनलाई निष्काशन गर्न प्रहरीलाई निर्देशन दिएको छ।

फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहोर्‍याउँदै आएको छ। राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति म्याक्रोँले राष्ट्रपति बाजुमसँगको सहमतिअनुसार गर्ने बताउँदै उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताए।

नाइजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहोर्‍याउँदै उनले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गरे। फ्रान्सले नाइजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीहरूसँग छलफल गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077