Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अर्थमन्त्री महत भन्छन् – टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक छ

    अर्थमन्त्री महत भन्छन् – टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सरकार सकारात्मक छ

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 897
    SHARES

    नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् ।

    लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।



    उनले भने, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ । हाम्रो श्रोतले नपुग्न सक्छ, यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकार समक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकारात्मक जवाफ आएको छ ।’



    उहाँले भन्नुभयो, ‘पत्रको आदान–प्रदान भइसकेको छ । यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदै हुनुहुन्छ, यो परियोजनाको तयारीमा हामी लागेका छौं । प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ ।’ प्रारम्भिक यसको अध्ययन भइसकेको पनि उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार