Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान दिवस र तिजको अवसरमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले संविधान दिवस र हरितालिका तिजको अवसर पारेर आफ्नो सेवाग्राहीका लागि विशेष प्याकेज ल्याएको छ।

विशेष प्याकेजअन्तर्गत सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै ‘रिचार्ज अन बोनस’ उपलब्ध गराइने टेलिकमले जनाएको छ।

अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ।

यस्तै, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँमा ७ दिन सम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ। २९४ रुपैयाँमा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ।

यही अफरअन्तर्गत ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने टेलिकमले जनाएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ। भाद्र ३१ देखि असोज ६ गतेसम्म यी प्याकहरु उपयोग गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077