Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकाबाट फेरि आयो ३ किलो गाँजासहितको पार्सल, ६ जना पक्राउ

    अमेरिकाबाट फेरि आयो ३ किलो गाँजासहितको पार्सल, ६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । अमेरिकाबाट पार्सलमा नेपाल पठाइएको ३ किलो गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाएको ३ किलो २६८.२१० सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।



    पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपासिलका बस्ने डल्लु राम र सोही ठाँउका हविव मिया, रेनुका तामाङ, भारतीय नागरिक अजिन भागोस, अरुण कुमार र मोहमद नईम रहेका छन् ।



    भदौ १९ गते अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्ली बजार मार्फत जिल्ला हुलाक कार्यालय बिरगंजमा प्राप्त हुने गरी पठाईएकोमा कार्टुन शंका लागी चेक जाँच गर्दा लुकाएको अवैध लागूऔषध गाँजा ९०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

    ब्यूरोको टोलीले कार्टुन लिन आउने व्यक्तिको पिछा गर्दै जाँदा वीरगन्ज–१६ बस्ने ३२ वर्षीय डल्लु राम र सोही ठाउँका ४३ वर्षीय हविव मियालाई पक्राउ गरेको थियो।

    यस्तै, भदौ २४ गते अमेरिकाबाट हुलाकमार्फत् पठाइएको कार्टुन बक्स पोखरा पठाइएको थियो। उक्त कार्टुन बक्स चेक गर्दा १ किलो ४०० ग्राम गाँजा फेला परेको थियो।

    पछि प्रहरीले उक्त कार्टुन कन्ट्रोल डेलिभरी गरी पार्सल लिन आउने भारतीय नागरिक २४ वर्षीय अजिन वर्गेसलाई पोखराबाट पक्राउ गरेको थियो।

    भारतीय नागरिक वर्गेसको कोठामा खानतलासी गर्दा थप ७२० ग्राम गाँजा बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)का सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले बताए ।

    भदौ २४ गते नै गोश्वारा हुलाक कार्यालय काठमाडौं, डिल्लीबजारमा आएको अर्को पार्सल १ कार्टुन चेक गर्दा पनि प्रहरीले गाँजा फेला पारेको थियो। उक्त पार्सल लिन आएकी डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ की ३९ वर्षीया रेनुका तामाङलाई पक्राउ गरिएको एनसीबीका सूचना अधिकारी जोशीले बताए ।

    तामाङले उक्त पार्सल आफूलाई भारतीय नागरिकहरु अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भन्ने बयान दिएकी थिइन्। तामाङको बयानका आधारमा प्रहरीले भारतीय नागरिक अरुण र मोहम्मद नइमलाई पनि पक्राउ गरेको छ।

    त्यस्तै, ब्यूरोले खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार