Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघीयतालाई बलियो होइन, कमजोर बनाउने षड्यन्त्र भइरहेको छ : उपेन्द्र यादव

    संघीयतालाई बलियो होइन, कमजोर बनाउने षड्यन्त्र भइरहेको छ : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.1K
    SHARES

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन र समावेशी लोकतन्त्रलाई बलियो बनाउन दलहरु इमान्दार बन्नुपर्ने बताएका छन्।

    आइतबार जनकपुरधाममा आयोजित पार्टी सङ्गठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मूल राजनीतिक शक्ति इमान्दार नबन्दा संविधान आएको आठ वर्षमा पनि सङ्घीयता कार्यान्वयनका लागि अत्यावश्वक कानुनसमेत बनाउन नसकिएको बताए ।



    ‘देशमा सङ्घीयता छ। प्रदेशमा पनि सरकार छ तर कार्यसम्पादन एवं सेवा प्रवाहका लागि सरकारको मातहतमा पुलिस, प्रशासन, न्यायालय केही छैन अनि यो सरकार केका लागि बनाइएको हो ?’, यादवले प्रश्न गरे, ‘आठ वर्ष हुँदा पनि सङ्घीयतालाई बलियो बनाउन ऐन कानुन बनाइएन। यसले सङ्घीयतालाई बलियो होइन, कमजोर बनाउने षड्यन्त्र भइरहेको प्रस्ट छ। त्यसैले म चनाखो रहन यहाँहरु सबैलाई आग्रह गर्दछु।’



    संविधान ल्याउन भूमिका खेलेका मूल राजनीतिक दलहरुले पटकपटक सरकारको नेतृत्व गर्दा पनि सङ्घीयतालाई बलियो बनाउन ठोस पहल नगरेको आरोप लगाउँदै अध्यक्ष यादवले आफ्नो पार्टीले समावेशी लोकतन्त्र, सङ्घीयता र परिवर्तनका मुद्दाहरुको रक्षाका लागि अभियान चलाइरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार