Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आज

    सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आज

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) को मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेसी रहेको छ ।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दाको अन्तिम सुनुवाइका लागि पटकपटक पेसी तोकिए पनि टुंगो लाग्न सकेको छैन । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवारको बसाइँसराइ अभिलेख झिकाउन आदेश दिएको थियो ।



    उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइ सम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेकाले आजका लागि पेसी तोकिएको हो।

    अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ । सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार