Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायाधीश अभावले सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको र केही तीजको कारण विदामा रहेकाले पर्याप्तमात्रामा न्यायाधीश नहुँदा सुनुवाइ स्थगित भएको हो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो ।

स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो । अर्को सुनुवाईको भने मिति तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077