Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘हल्कारा’लाई ओस्कर अवार्डमा पठाउने छनोट कमिटीको निर्णय

    ‘हल्कारा’लाई ओस्कर अवार्डमा पठाउने छनोट कमिटीको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालस्थित ओस्कारको छनोट कमिटीले नेपाली फिल्म ‘हल्कारा’लाई आगामी ओस्कर अवार्डमा सिफारिस गर्ने निर्णय गरेको छ ।

    कमिटीले विक्रम सापकोटा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो ।



    उक्त विधाका लागि हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए ।



    छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने छ । आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ ।

    एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरेका छन् । ९६ औं ओस्कार अवार्ड आगामी मार्च १० मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार