Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओस्कर अवार्ड : क–कसले जिते ? (सूचीसहित)

    ओस्कर अवार्ड : क–कसले जिते ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 861
    SHARES

    काठमाडौं । एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्सले ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) मा उत्कृष्ट फिल्म घोषणा भएको छ ।

    यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पार्‍यो।



    उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्सबाट के ह्ये क्वान र जेमी ली कर्टिसले जिते। फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ।



    कसले कुन अवार्ड जिते ?

    अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

    उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

    उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)

    उत्कृष्ट अभिनेत्री : मिसेल योह

    उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

    उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

    एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

    उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

    डकुमेन्ट्री फिचर : नाभल्नी

    डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

    हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

    सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

    सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ

    ओरिजिनल सङ : नाटु नाटु (आरआरआर)

    साउन्ड : टप गन मेभरिक

    प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    भिजुअल इफेक्ट्स : अवतार द वे अफ वाटर

    फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

    ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

    एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

    ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार