Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओस्कर विजेता फिल्म ‘पारासाइट’का अभिनेता ली मृत फेला

    ओस्कर विजेता फिल्म ‘पारासाइट’का अभिनेता ली मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 660
    SHARES

    एजेन्सी । ओस्कर विजेता विश्व प्रसिद्ध कोरियाली चलचित्र प्यारासाइटका नायकको मृत्यु भएको छ।

    दक्षिण कोरियाली अभिनेता ली सुन-क्यु पार्किङ गरिएको कारको प्यासेन्जर सिटमा मृत भेटिएका हुन्।



    उनले आत्महत्या गरेका हुन् वा मारिएका हुन् भन्ने विषयको यकिन भइसकेको छैन। उनी वर्षको सुरुवातमा ड्रगको प्रयोगलाई लिएर प्रहरी अनुसन्धानमा थिए।



    उनले बारकी महिला कामदारसँगै ड्रग लिइरहेको भेटिएको आरोप थियो। उनी आफूलाई ड्रगबारे थाहा नभएको बताउँदै आएका थिए।

    तर प्रहरीले उनको घरमा पटक-पटक छापा मारेको थियो। ड्रग टेस्ट भने नेगेटिभ आएको थियो तर यही झमेलाले आफ्नो ख्यातिमा हानी भएकोले मानसिक रुपमा विक्षिप्त रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार