Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठकअघि शेखरले बोलाए संस्थापनइतर पक्षको बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापनइतर पक्षको बैठक बोलाएका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकअघि नेता कोइरालाले संस्थापनइतर समूहको छुट्टै बैठक बोलाएका हुन् । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

१४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए। बैठक असोज २ गते शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने बताईएको छ । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077