Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ।

मन्त्रिपरिषद् बैठकले राजस्व सचिव भइसकेका पुष्करलाई अर्थमन्त्रालयमा सरुवा गरेको हो।

अर्थमन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै सरकारले सशस्त्र प्रहरीका तीन एआइजीको समेत सरूवा गरेको छ।

जसमा चन्द्रप्रकाश गौतमलाई मानव स्रोत, बंशी दाहाललाई कार्य विभाग र रामशरण पौडेललाई सीमा विभागमा सरुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077