Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य महामहिम जेङ यान नेतृत्वको टोलीबीच भेटवार्ता भएको हो।

भेटमा उपराष्ट्रपतिले चिनियाँ टोलीको भ्रमण सुखद एवं फलदायी हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना समेत दिए ।

उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी र एकअर्काको आधारभूत स्वार्थ, चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताए ।

चिनियाँ भ्रमण टोलीका नेतृत्व गरेकी जेङ यानले आफूहरुको यो भेटघाटबाट असाध्यै खुशी भएको जनाउँदै दुई देशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077