Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन–शेखर पक्षको भेलामा विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित आफ्नो समूहको बैठक बोलाएका छन् ।

आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बस्ने गरी कोइरालाले इत्तर समूहको बैठक बोलाएका हुन्।

१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेलले शेखर समूहको बैठकमा सहभागी हुने निम्तो पाएका छन् । महामन्त्री शर्मा नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए । सिंह अहिले सभापति शेरबहादुर देउवाको क्याम्पमा छन् भने शर्मा इतर समूहसँग निकट छन् ।

यस्तै पौडेलले पनि चौधौँ महाधिवेशनमा तेस्रो धारका रुपमा रहेको कृष्णप्रसाद सिटौलाको तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सिटौला समूहले सभापति देउवा समूहसँग मिलेर महाधिवेशनमा भाग लिएको थियो ।

असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077