Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • शेखर समूहको बैठक आज, विश्वप्रकाश र प्रदीपलाई पनि निम्तो

    शेखर समूहको बैठक आज, विश्वप्रकाश र प्रदीपलाई पनि निम्तो

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्न लागेको हो ।

    बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको हो ।



    पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए ।

    बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार