Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काँकडभिट्टा–पानीटंकी नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

    काँकडभिट्टा–पानीटंकी नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 666
    SHARES

    झापा । झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट भारततर्फ लैजाँदै गरेका तीन बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका उनीहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो ।

    उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।



    बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेको थियो ।



    एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राती साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार