Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९, शंकरपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–७, मनकापुर बस्ने ३५ वषीय गणेश थारु चौधरी रहेका छन् ।

सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा सोमबार साँझ सटर बन्द गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077