Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलको अध्यागमन प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ ।

अध्यागमन विभागको सर्भरमा आज बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् ।

सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो ।

यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ । तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077