Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर समूहको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल संस्थापनइतर पक्षको बैठकमा अनुपस्थित हुने भएका छन् ।

कांग्रेस संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री शर्मा र नेता पौडेल अनुपस्थित हुने भएका हुन् ।

कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

कोइरालाले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेका थिए ।

नेता प्रदीप पौडेल पनि इतर पक्षको बैठकमा सहभागी नहुने बुझिएको छ । पौडेल आज मध्यान्ह १२ बजे चीन प्रस्थान गर्दैछन् ।

नेता कोइरालाको कार्यशैलीप्रति शर्माका केही गुनासा भएकाले बैठकमा उपस्थित नहुने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077