Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस संस्थापन इतर पक्षको बैठक बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहको बैठक सुरु भएको छ।

केन्द्रीय कमिटी बैठकअघि नेता डा.शेखर कोइरालाले डाकेको बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा सुरु भएको हो।

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बसेको इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत बोलाइएको थियो।

तर उनीहरू बैठकमा सहभागी भएका छैनन्। बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077