Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • काठमाडौं महानगर अगाडि ७७ घण्टासम्म उभिने अभियन्ता ईःको घोषणा

    काठमाडौं महानगर अगाडि ७७ घण्टासम्म उभिने अभियन्ता ईःको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता (इशान श्रेष्ठ)ई:ले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् ।

    मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी नै उभिने घोषणा गरेका हुन् ।



    काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाइरहेका छन् ।

    ईःका अनुसार अहिले महानगरको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले फुटपाथ र त्यहाँ व्यवसाय गरिरहेकाहरुको सहज व्यवस्थापन गर्ने बाचा गरेका थिए ।

    काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग राखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार