Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली नियुक्ति पत्र बनाएको आरोपमा जिल्ला शिक्षा अधिकारी र शिक्षिकाविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको भन्दै अख्तियारले जिल्ला शिक्षा अधिकारी उपेन्द्र मन्डलविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मन्डलले भष्ट्रचार गरेको दाबी अख्तियारको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँद आएकी निलकुमारी यादबलाई पनि प्रतिवादी बनाइएको छ ।

यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च मावीबाट रामजानकी प्रावीमा दरबन्दी भई पदस्थापन भएकी थिइन् ।

अख्तियारका अनुसार भानी उच्च माविमा यादबको शिक्षक नियुक्ती पत्र नै नक्कली रहेको पाइएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७१ असोज ७ मा श्री भानु उच्च माध्यामिक विद्यालय, किसानपुरबाट रामजानकी विद्यालयमा दरबन्दी पदस्थापन गरेको नियुक्ति नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा यादवले भानु उच्च माध्यामिक विद्यालय, किसानपुर, धनुषाको पत्र नक्कली बनाएको खुलेको हो ।

सोही पत्रको आधारमा श्री रामजानकी प्राथमिक विद्यालय कटरैतमा पदस्थापना भइ नपाएको अधिकार, शिक्षक पदको ओहदा, हैसियत वा सुविधा प्रयोग गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कैद र जरिवाना हुन माग गरिएको आयोगले जनाएको छ ।

यादव र मण्डललाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077