Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारको काम चित्तबुझ्दो नभएको कोइराला पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राखेको इतर पक्षको बैठकले सरकारको काम चित्तबुझ्दो नभएको निष्कर्ष निकालेको छ ।

केन्द्रीय कमिटी बैठकअघि बालुवाटार बसेको संस्थापन इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो । कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने बताएको छ ।

सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको छ ।

गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077