Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्याय परिषद्ले गर्‍यो १९ न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषद्ले थप १९ जना न्यायाधीशको सरुवा गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका १ र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरेको हो ।

उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको सरुवा उच्च अदालत विराटनगरमा गरिएको छ ।

परिषद्ले ३६ जिल्ला न्यायाधीश नियुक्ति पनि गरेको छ । रिक्त जिल्ला अदालतमा ३६ न्यायाधीशको नियुक्तिको निर्णय परिषद्ले गरेको हो । यस पटकको नियुक्तिमा कानुन व्यवसायीलाई भने समावेश गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077