Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको अमेरिकी दूतावास नजिकै बम विस्फोट

काठमाडौं । काठमाडौंको अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको हो ।

महाराजगन्ज चोकमै फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । विस्फोट भएको क्षेत्रबाट नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको छ ।

बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।

महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077