Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्याय परिषद्‌ले गर्‍यो ३६ जिल्ला न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषद्ले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मंगलबरको बैठकले उक्त निर्णय गरेको हो ।

बैठक सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नका लागि बसेको थियो । तर सहमति नभएपछि जिल्ला अदालततिर छलफल अघि बढेको थियो।

निर्णयअनुसार खुल्लातर्फ २८ र विज्ञापनमार्फत् हुन नसेको पूर्तिमा ७ र परीक्षाबाट १ गरी ३६ जनालाई नियुक्न गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077