Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात, आकस्मिक बाहेकका सेवा बन्द

धनगढी । कञ्चनपुरको बैलोरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिकता स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।

नेपाल चिकित्सक सङ्घ र सरकारबिचको वार्तामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएको तीन दिन नबित्दै फेरि स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।

केन्द्रमा कार्यरत अहेब नरेन्द्र गैरेमाथि मंगलबार राति १२ बजे हातपात भएको केन्द्रले जनाएको छ।असोज २ गते मादक पदार्थ सेवन गरेर साइकलबाट लडी सामान्य चोट लागेको र निधारमा घाउ भएका बिरामीलाई टाका लगाउने धागो किन्न पठाउने निहुँमा हातपात भएको केन्द्रले जनाएको छ।

केन्द्रले दोषीलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै दोषीलाई कारबाही नभए असोज ४ गतेदेखि आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने केन्द्रले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077