Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • रास्वपाले परिवारवादलाई पार्टीमा निषेध गरेको छ : सभापति लामिछाने

    रास्वपाले परिवारवादलाई पार्टीमा निषेध गरेको छ : सभापति लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा अरू पार्टीभन्दा फरक भएको बताएका छन्।

    पार्टीको राजनीतिक, वैचारिक दस्तावेजका लागि सुझाव संकलन गर्न रोल्पाको थवाङ पुगेका सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले पुराना पार्टीलाई झैं हेर्न थालिएको भन्दै रास्वपा अरू पार्टीभन्दा फरक भएको बताए । सभापति लामिछानेले रास्वपाले प्राइमरी इलेक्सन गरेर नेता छान्ने विधि अघि सारेको बताए। रास्वपाले अहिले वडा तहमा संगठन विस्तार गरिरहेको छ।

    मंसिरदेखि महाधिवेशन प्रक्रिया पनि सुरू गर्नेछ। यी सबैमा प्राइमरी इलेक्सनमार्फत् नेतृत्व चयन गर्ने विधि अपनाउने लामिछानेले बताए। उनले यसरी नेता छान्ने र चुन्ने विधि अरू पार्टीमा नभएको दाबी गरे।

    यस्तै पार्टीले परिवारवादलाई पार्टीमा निषेध गरेको पनि बताए। अरू पार्टीमा आजीवन पदमा बस्ने प्रवृत्ति रहेको भन्दै रास्वपामा यसभन्दा भिन्न रहेको सभापति लामिछानेको दाबी छ।

    उनले अरू दलले जस्तो आफ्नो पार्टीले भ्रातृ संगठन पनि नबाउने बताए। पार्टीमा परिवारवाद, आफन्तवाद, कार्यकर्तावाद, भ्रातृ संगठनवादले लाभमात्र होइन पहुँचलाई पनि नागरिक तहसम्म पुग्नबाट रोकेको उनले बताए। यसका कारण परिवारवाद, आफन्तवाद, कार्यकर्तावादका अतिरिक्त भ्रातृ संगठन बनाउन पनि निषेध गरेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार