Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाको प्रश्न - संविधान र संघीयता आयो तर जनताले के पाए ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीयता आएपनि जनताले के पायो भन्दै प्रश्न गरेका छन्।

वीपी साहित्य महोत्सवमा बोल्दै नेता कोइरालाले गणतन्त्र, संविधान र संघीयता आएपनि जनताले के पाए भनेर सोच्नुपर्ने बताएका हुन् ।

नेता कोइरालाले भने,‘संविधान बनायौं। अपार जनआन्दोलन-२ त भुतो न भविष्य भन्छु, विरलै हुन्छ यस्तो जुन बेला आन्दोलन भयो। गणतन्त्र आयो, लोकतन्त्र आयो, संघीयता आयो तर, जनताले के पाए त ? मेन कुरा त के हो ? संविधान राम्रो छ समावेशिता छ सबै चीज छ त्यतिमै हामी दंग छौं र हामी हरेक असोज ३ गते मनाउँछौं पनि तर पिपुलले के पाए त बेरोजगारी, शिक्षाको हाल हेरौं, रोजगारीका हाल हेरौं । हामी खुसी त रेमिट्यान्स आउँछौं भनेर दंग छौं।’

नेता कोइरालाले जनताको अपेक्षा अनुसार काम नभएकाले कांग्रेस चुकिरहेको बताए। उनले एक थान संविधानले मात्रै जनताको आवश्यकता पूरा हुन नसक्ने बताए ।

जनताका आवश्यकता सं‌विधानसँगै सुशासन र समुन्नति अपरिहार्य भएको बताउँदै यसका लागि नेताहरू जनताप्रति इमान्दार हुनुपर्ने नेता कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077