Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लालबन्दीमा हतियारधारी समूहबाट लुटपाट, घरधनीमाथि आक्रमण

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्तिटोलमा हतियारधारी समूहले लुटपाट गरेको छ । वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान हतियारधारी समूहले लुटपाट गरेको हो ।

मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहले ठाकुरको घरबाट नगदका साथै अन्य सामानहरु लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ । घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।

घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घटनास्थलबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077