Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

    ‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

    ‘इण्डो–प्यासिफिक’ आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् ।



    तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेस‌म्म सञ्चालन हुनेछ ।



    आईपीएसीसीको सम्मेलनकै क्रममा आयोजना हुने ४७ औँ इन्डो-प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम सहभागी हुनेछन् भने नवौँ सिनियर इनलिस्ट लिडर फोरममा सहभागी हुन सेना प्रमुख सुबेदार रत्‍न बहादुर थापा मगर पनि भ्रमण दलमा संलग्न रहनेछन् ।

    गत भाद्र २३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको सो सम्मेलनमा प्रधान सेनापति सहभागी हुन हुन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भारत र संयुक्त राज्य अमेरिकाका सेनाह‌रूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार